तयार भयो राष्ट्रिय प्रसारण लाइनको गुरुयोजना, १० वर्षमा १५ हजार मेगावाट विद्युत्

90

छिनछिन खबर
काठमाडौ, असार १८ । १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ सरकारले राष्ट्रिय प्रसारण लाइनको गुरुयोजना तयार पारेको छ ।


आर्थिक वृद्धिदर हासिल गर्ने सरकारको लक्ष्यलाई मूल आधार बनाएर विद्युत् प्रसारण लाइनको गुरुयोजना तय गरिएको राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद ज्ञवालीले जानकारी दिए । गुरुयोजनामा १० वर्ष्भित्र १५ हजार विद्युत उत्पादन गर्ने सरकारको लक्ष्यलाई पुरा गर्न आवश्यक पूर्वाधार विकासको योजना उल्लेख छ । गुरुयोजनामा विद्युत् उत्पादनका लागि आवश्यक प्रसारण लाइनको खरिद गर्न तत्काल करिब ६ खर्ब बजेट आवश्यक पर्ने पनि उल्लेख गरिएको छ ।

Womui
Womui