टाइब्रेकरमा डेनमार्क क्रोएशियासँग ३–२ ले पराजित

62

काठमाडौं, असार १८ (एजेन्सी) । रसियामा जारी विश्वकपमा क्रोएशियाले टाइब्रकेरमा डेनमार्कलाई हराएको छ । क्रोएशियाले टाइब्रेकरमा डेनमार्कलाई ३–२ ले हराएको हो ।

९० मिनेटको खेल एक–एक गोलको बराबरीमा सकिएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुग्यो । टाइब्रेकरमा पुग्नु अघि क्रोएशियाले खेलको ११७ औं मिनेटमा पेनाल्टीको अवसर पाएको थियो तर लुका मोड्रिकले प्रहार गरेको पेनाल्टीलाई डेनमार्कका गोलरक्षक कास्पर सेमिचेल उत्कृष्ट बचाउ गरे । यसअघि आयोजक रसिया र स्पेनबीचको खेल अतिरिक्त समय हुँदै टाइब्रेकरमा पुगेर सकिएको थियो ।

खेलमा पहिलो अग्रता डेनमार्कले लिएको थियो । उसले खेलको दोश्रो मिनेटमा नै गोल गरेका थिए । डेनमार्कका लागि ओर्गेनसनले सो गोल गरेका थिए । तर उसको अग्रतालाई क्रोएशियाका म्यान्डुजेकले दुई मिनेट पनि टिक्न दिएनन् । खेलको चौथो मिनेटमा नै उनले बराबरी गोल फर्काएका थिए ।

Womui
Womui