एसइई नतिजामा लापरबाही गर्ने परीक्षा नियन्त्रकलाई मन्त्रालय तानियो

40

छिनछिन खबर
काठमाडौं, असार १८ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा (एसइई )को नतिजामा त्रुटि गरेको भन्दै परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीलाई मन्त्रालयमा तानेका छन् ।


परीक्षाको नतिजा प्रकाशनका समयमा लापरबाही भएपछि मन्त्री पोखरेलले छानबिन समिति गठन गरेका थिए । पाँच दिनको समयसीमा पाएको समितिले आइतबार मन्त्रालयमा प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा नतिजा प्रकाशनमा त्रुटि भएको देखाएपछि नियन्त्रक रेग्मीलाई मन्त्रालयमा तानिएको मन्त्री पोखरेलले जानकारी दिए । रेग्मीलाई मन्त्रालय तानेपछि कृष्णप्रसाद काप्रीलाई परीक्षा नियन्त्रकको जिम्मेवारी दिइएको छ । एक साताअघि प्रकाशित भएको एसइईको नतिजामा ९ हजारभन्दा बढी विद्यार्थीको नतिजा फरक परेको थियो ।

Womui
Womui