ग्राण्डी अस्पतालको छतमा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना

93

छिनछिन खबर
काठमाडौं, असार १६ । धापासीस्थित ग्राण्डी अन्तराष्ट्रिय अस्पतालको छतमा अवतरणका क्रममा सिम्रिक एयरको नाइन एन एएलएमआर कलसाइन भएको हेलिकोप्टर दुर्घटना भएको छ । विरामी लिन भरतपुर जाने तयारीमा रहेको हेलिकोप्टर अस्पताल भवनको छतमा रहेको हेलिप्याडबाट खसेको हो । तर, कुनै मानवीय क्षति भने भएको छैन ।

प्रहरीका अनुसार हेलिकोप्टर विहान चरिकोटबाट विरामी लिएर आएको थियो । भरतपुरमा विरामी लिन जानु पर्ने भएपछि विमानस्थलमा इन्धन भरेर आएको हेलिकोप्टर अस्पतालमा ल्याण्ड गरिएको थियो ।लगतै आफैं घुमेर छतमा खसेको छ । होलिकोप्टरका चालक सकुशल रहेको अस्पतालले जनाएको छ ।

Womui
Womui