फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा, अर्जेन्टिना ४–३ ले पराजित

113

काठमाडौं, असार १६ (एजेन्सी) । रसियामा जारी विश्वकप फुटबलमा फ्रान्सले अर्जेन्टिनालाई हराएको छ । शनिबार भएको प्रतियोगितामा अर्जेन्टिनालाई हराएपछि फ्रान्स क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

उपाधिको बलियो दाबेदार अर्जेन्टिनालाई ४–३ गोल अन्तरले हराउँदै फ्रान्स अन्तिम ८ मा प्रवेश गरेको हो । फ्रान्सलाई जिताउन एम्बापेले २ तथा ग्रिजम्यान र पाभार्डले १÷१ गोल गरे । अर्जेन्टिनाका लागि डि मारिया, अग्यूरो र मेराकाडोले गोल गरेका थिए । पहिलो पटक अर्जेन्टिनासँग अन्तिम १६ मा भिडेका फ्रान्सले पेनाल्टीमार्फत गोल गर्दै खेलमा अग्रता लिएको थियो । केलियन एमबाप्पेलाई डिबक्समा लडाएपछि फ्रान्सले पेनाल्टी पाएको थियो । एन्टोनी ग्रिजम्यानले पेनाल्टीमार्फत फ्रान्सलाई अग्रता दिलाएका थिए ।

खेलको ४१ औं मिनेटमा डि मारियाले उत्कृष्ट गोल गर्दै अर्जेन्टिनाका लागि बराबरी गोल फर्काएका थिए । एभर वेनेगाले उपलब्ध गराएको पासमा उनले करिब ३० यार्ड टाढाबाट बायाँ खुट्टाले सशक्त प्रहार गर्दै गोल गरेका थिए । पहिलो हाफसम्म १–१ गोलको बराबरीमा रहेको खेलको दोस्रो हाफको सुरूवातमै अर्जेन्टिनाले गोल गर्दै खेलमा अग्रता लियो । ४८ औं मिनेटमा अर्जेन्टिनाले ग्याबरियल मेकाडोले गोल गर्दै टोलीलाई २–१ को स्थितिमा पु‍¥याएका थिए । तर, खेलको ५७ औं मिनेटमा फ्रान्सका बेन्जामिन पाभार्डले गोल गर्दै खेललाई २–२ को स्थितिमा ल्याएका थिए ।

त्यसपछि चार मिनेटको अन्तरमा दुई गोल गर्दै एम्बापेले फ्रान्सलाई अग्रता दिलाए । उनले ६३ औं र ६९ औ मिनेटमा गोल गर्दै फ्रान्सलाई सहज स्थितिमा पु‍¥याएका हुन् । त्यसपछि इन्जुरी समयको तेस्रो मिनेटमा अग्यूरोले गोल गर्दै खेललाई ४–३ को स्थितिमा पु‍¥याए ।
त्यसपछि अर्जेन्टिनाले पाएका केही राम्रा मौकामा गोल गर्न नसक्दा पूर्व उपविजेता अन्तिम १६ बाटै घर फर्किएको छ । योसँगै फ्रान्सले पहिलो पटक अर्जे्न्टिनालाई हराएको छ । अर्जेन्टिनाका कप्तान तथा चर्चित खेलाडी मेसीले खेलमा राम्रो सीप प्रदर्शन गर्न नसक्दा समर्थकलाई निराश बनाए ।

Womui
Womui