नागढुंगाबाट ३ केजी अवैध सुन बरामद, दुईजना पक्राउ

41

छिनछिन खबर
काठमाडौं, असार १६ । नागढुंगाबाट शनिबार प्रहरीले ३ केजी ६ ग्राम अवैध सुन बरामद गरेको छ । काठमाडौंबाट बाहिरिँदै गरेको भारतीय नम्बर प्लटेको गाडीबाट प्रहरीले सुन बरामद गरेको हो । युपी ०२ ४६८४ नम्बरको गाडीको एयर फिल्टरमा राखेर लैजाँदै गरेको सुन बरामद भएको नागढुंगा प्रहरीले जनाएको छ ।

सुनसँगै गाडीका चालक र अर्का एक भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीले उनीहरूको परिचय खुलाएको छैन । सुन र पक्राउ परेका व्यक्तिमाथि अनुसन्धामन सुरु भएको प्रहरीले जनाएको छ ।

Womui
Womui