आजदेखि विश्वकप फुटबलमा नकआउट चरणका खेल, कुन–कुन देश भिड्दै छन् ?

85

काठमाडौं, असार १६ (एजेन्सी) । रुसमा जारी विश्वकप फुटबलमा आजदेखि नकआउट चरणको खेल सुरु हुँदैछन् । समूह चरणमा ३२ देशबीच भएको प्रतिष्पर्धाबाट १६ देश छानिएका छन् । यी १६ देशबीच आजबाट प्री–क्वार्टरफाइनल खेल हुन लागेका हुन् । शनिबार ४ देश प्रतिष्पर्धामा उत्रिँदैछन् ।

नेपाली समयअनुसार बेलुका पौने ८ बजे अर्जेन्टिना र फ्रान्सबीच प्रतिष्पर्धा हुनेछ । अर्जेन्टिना समूह डीको उपविजेता हो भने फ्रान्स समूह सीको विजेताका रूपमा अन्तिम १६ मा आएको हो । दुई देशबीच कडा प्रतिष्पर्धा हुने ठानिएको छ ।

उरुग्वे र पोर्चुगलबीचको खेल पनि आजै हुने कार्यतालिका छ । यो खेल नेपाली समयअनुसार राति ११ः४५ बजे हुनेछ ।

यस्तो छ खेल तालिका

आइतबार

स्पेनविरुद्ध रसिया

क्रोएसिया विरुद्ध डेनर्माक

सोमबार

ब्राजिल विरुद्ध मेक्सिको

बेल्जियम विरुद्ध जापान

मंगलबार

स्वीडेन विरुद्ध स्वीट्जरल्याण्ड

कोलम्बिया विरुद्ध इग्ल्याण्ड

Womui
Womui