नकआउट चरणका खेल शनिबारदेखि, यी हुन् अन्तिम १६ मा पर्ने टिम

45

काठमाडौं, असार १५ (एजेन्सी) । रसियामा जारी विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत पहिलो चरणका सबै खेल सकिएका छन् । दोस्रो चरणका लागि १६ टिम छनोट भएका छन् भने १६ टिम घर फर्किएका छन् । नकआउट चरणमा परेका टिमको प्रतियोगिता शनिबारदेखि सुरु हुँदैछन् । शुक्रबार बिहान इंग्ल्यान्डलाई हराउँदै बेल्जियम समूह ’जी’ को समूह विजेता बनेसँगै अन्तिम १६ को समीकरण पूरा भएको हो ।


अन्तिम १६ का खेलको पहिलो दिन फ्रान्स र अर्जेन्टिना तथा पोर्चुगल र उरुग्वेबीच प्रतिस्पर्धा हुनेछ । अन्तिम १६ मा युरोपबाट १० टिम पुग्न सफल भए। । यस्तै दक्षिण अमेरिकाबाट ४ टिमले नकआउट चरणमा स्थान पक्का गरे । उत्तर अमेरिकाबाट १ र एसियाबाट १ टिम अन्तिम १६ मा पुगेका छन् । अफ्रिकाबाट भने कुनैपनि टिम अन्तिम १६ मा पुग्न सकेनन् ।

यी हुन् अन्तिम १६ मा पुगेका टिम

रसिया, उरुग्वे, स्पेन, पोर्चुगल, फ्रान्स, डेनमार्क, क्रोएसिया, अर्जेन्टिना, ब्राजिल, स्विटजरल्यान्ड, स्विडेन, मेक्सिको, बेल्जियम, इंग्ल्यान्ड, कोलम्बिया र जापान

बाहिरिएका टिम

साउदी अरेबिया, इजिप्ट, मोरक्को, इरान, पेरु, अस्ट्रेलिया, नाइजेरिया, आइसल्यान्ड, कोस्टारिका, सर्विया, जर्मनी, दक्षिण कोरिया, पानामा, ट्युनिसिया, सेनेगल र पोल्यान्ड

Womui
Womui