थपिने भयो अर्को बिमा कम्पनी, महालक्ष्मी लाइफको पक्षमा सर्वोच्चको परमादेश

65

छिनछिन खबर
काठमाडौं, असार १५ । बिमा बजारमा अर्को कम्पनी थपिने भएको छ । सर्वोच्च अदालतले महालक्ष्मी लाइफ इन्स्योरेन्सलाई सञ्चालनका लागि बाटो खुला गरेको हो । कायममुकायम प्रधान न्यायधीश दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलाशले उक्त बिमा कम्पनीलाई चुक्ता पूँजी र प्रमोटर परिवर्तन गर्न दिन बीमा समितिको नाममा परमादेश जारी गरेको हो ।

योसँगै महालक्ष्मीले पुनर्जीवन पाएको छ । समितिले विमा नियमावलीमा सैद्धान्तिक स्वीकृति पाएपछि प्रमोटर परिवर्तन गर्न नपाउने जिकिर गरेको थियो । योसँगै तोकिएको समयमा चुक्ता पूँजी जम्मा गर्न नसकेको भन्दै अन्तिम स्वीकृति दिन रोकेको थियो । अजयराज सुमार्गीले बोलकबोल गरेको शेयरको आवश्यक पैसा नदिएपछि तोकिएको समयमा चुक्ता पूँजी पु¥याउन नसकेको भन्दै समितिले लाइसेन्स खारेज गरेको थियो ।

इन्स्योरेन्समा शेयर हाल्ने बेलामा सुमार्गी विवादमा घेरिएको र विदेशबाट ल्याएको पैसा समेत बैंकमै लकअप भएका कारण बीमा कम्पनीले तोकिएको समयमा पैसा पुया¥उन असफल भएको थियो । यसअघि सर्बोच्चले महालक्ष्मीको इजाजतपत्र खारेज नगर्न बीमा समितिलाई अन्तरिम आदेश जारी गरेको थियो । समितिले आफुले दिएको तीन महिनाको म्याद भित्र चुक्ता पूँजी जुटाउन नसकेको भन्दै इन्स्योरेन्सलाई थप समय दिन अस्वीकार गरेको थियो ।

अर्थ मन्त्रालयले पूँजी जुटाउने समय थप्न समितिलाई निर्देशन दिँदा पनि अटेर गरेपछि कम्पनी सर्बोच्च पुगेको थियो । न्यायाधिश ओम प्रकाश मिश्रको एकल इजलासले कम्पनीले अर्थ मन्त्रालयबाट पाएको इजाजत खारेज नगर्न समितिलाई अन्तरिम आदेश दिएको थियो।तात्कालिन अर्थमन्त्री कृष्णबहादुर महराले गत जेठमा १० जीवन बीमा कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेका थिए । बाँकी ९ कम्पनीले पूँजी पुर्याएर बीमा समितिबाट कारोबार थालिसकेका छन् । अब नेपालमा बिमा कम्पनीको संख्या १९ पुग्ने भएको छ ।

Womui
Womui