ब्राजिल अन्तिम १६ मा, सर्विया २–० ले पराजित

40

काठमाडौं, असार १४ (एजेन्सी) । रसियामा जारी विश्वकपमा ब्राजिलले सर्वियालाई २ गोलले पराजित गरेको छ । यस अघि एक खेल बराबरी र एकमा जित निकालेको ब्राजिल बिहीबारको खेलमा जित वा न्यूनतम बराबरीको लक्ष्यका साथ मैदान छिरेको थियो भने सर्विया अनिवार्य जित निकाल्नै पर्ने अवस्था थियो ।

खेलको अधिकाशं समय बललाई आफ्नो नियन्त्रणमा राखेको ब्राजिलले पहिलो गोल खेलको पहिलो हाफको ३६ औं मिनेटमा गरेको थियो। । ब्राजिलका लागि पहिलो गोल मिलफिल्डर पाहुलिनोले गरेका थिए । उनले कान्टिनोबाट प्राप्त पासलाई सफ्ट टच गरेर सर्वियाका गोल रक्षकलाई नघाउँदै बललाई जाली चुमाएका थिए ।

पहिलो हाफमा १–० ले अगाडि रहेको ब्राजिलले आफ्नो अग्रतालाई दोश्रो हाफमा दोब्बर पा‍¥यो । ब्राजिलका लागि दोश्रो गोल खेलको ६८ औं मिनेटमा थियागो सिल्भाले गरेका हुन् । जितसँगै ब्राजिल अन्तिम १६ मा पुगेको छ भने सर्विया घर फर्केको छ ।

Womui
Womui