विश्व विजेता जर्मनी समूह चरणबाटै बाहिरियो

39

मस्को, असार १३ (एजेन्सी) । डिफेन्डिङ च्याम्पियन जर्मनी विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको अन्तिम खेलमा कोरियासँग २–० गोलले पराजित हुँदै जर्मनी बाहिरिएको हो । कजान एरिनामा एसियाली मुलुक कोरियाले जर्मनलाई २–० ले हराएको हो । जर्मनीले पाएको केही राम्रा मौका गोल गर्न नसक्दा जर्मनी बाहिरिनु प¥यो ।


समूह ’एफ’ मा रहेको दुवै टोलीका लागि यो महत्वपूर्ण खेल थियो । बुधबार नै भएको अर्को खेलमा स्विडेनले मेक्सिकोलाई ३–० ले हराउँदै समूह विजेता भएर अन्तिम १६ मा प्रवेश गर्‍यो । लगातार दुई खेल गुमाइसकेको दक्षिण कोरियाले जर्मनसँग अंक खोस्नाले एसियाली मुलुक ४ अंक सहित समूहमा तेस्रो भयो ।

Womui
Womui