तस्करीलाई सघाएको आरोपमा नेपालगन्जका भन्सार प्रमुख तानिए

112

छिनछिन खबर
काठमाडौं, असार १२ । नक्कली प्रज्ञापनपत्र बनाएर पाउडर दुध तस्करी प्रकरणमा नेपालगञ्जस्थित भन्सार कार्यालयका प्रमुख जनार्दन आचार्यलाई अर्थ मन्त्रालयले हटाएको छ । तस्करीमा मिलेमतोको तथ्य भेटिएपछि उनलाई हटाइएको हो । उनीसहित भन्सार अधिकृत बटु पौडेललाई पनि हटाइएको छ । आचार्यलाई मन्त्रालयमा तथा पौडेललाई भन्सार विभागमा सरुवा गरिएको छ ।

गत साता नेपालगन्ज भन्सारबाट पास भएको एउटा ट्रक कलंकीमा समातिएको थियो । नक्कली प्रज्ञापनपत्रका आधारमा भन्सार कार्यालयले सो ट्रक भन्सारबाट पास भएको थियो ।भन्सार कार्यालयको चरम लापरबाही देखिएपछि अर्थ मन्त्रालयले सहसचिव झक्क आचार्यको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । प्रतिवेदनका आधारमा भन्सार प्रमुखलाई हटाइएको हो । अनुसन्धानको क्रममा ५÷६ महिनादेखि नै त्यसरी नक्कली प्रज्ञापनपत्रका आधारमा नेपालगन्ज भन्सारबाट मालबहाक ट्रक छाडिने गरिएको खुलेको छ । राजश्व अनुसन्धान विभागले पनि घटनाको अनुसन्धान अघि बढाइएको छ । तस्करी गर्ने चालक पक्राउ परेपनि मुख्य व्यापारी पक्राउ नपरेकाले कर्मचारीसँगको मिलेमतो खुल्न सकेको छैन ।

Womui
Womui