पूर्व अधिराजकुमारी प्रेरणाको घरमा सरकारी ताला

38

छिनछिन खबर
काठमाडौंं, असार १२ । पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणाको छाउनीस्थित घरमा सरकारले ताला लगाएको छ । २ रोपनी १३ आना जग्गामा रहेको घरमा नेपाल ट्रष्टले प्रहरीको सहयोगमा मंगलबार ताला लगाइदिएको हो । यसअघि वैशाख २३ गते नेपाल ट्रस्टले ३५ दिने सूचना जारी गरी घर खाली गर्न आदेश दिएको थियो ।


नेपाल ट्रष्टका कायम मुकायम सचिव रमेश सिंहले सरकारको नाममा आइसकेको घर जग्गामा प्रेरणाले अटेरी गरेर कव्जा जमाएकाले ताल्चा लगाइएको जानकारी दिए । सरकारको नाममा आइसकेको जग्गामा प्रेरणाले अटेर गर्दै कब्जा जमाएकाले उनलाई हटाउन घरमा तालाबन्दी गरिएको उनको भनाइ छ ।

तत्कालीन राजा वीरेन्द्र र उनको नाममा रहेको सम्पति सरकारले नेपाल ट्रष्ट मार्फत आफ्नो नाममा ल्याएको थियो । छाउनीको त्यो घर जग्गा पनि सर्वोच्चको आदेशबाट यसअघि नै नेपाल ट्रष्टको नाममा आएको थियो । पूर्वराजा ज्ञानेन्द्रले सो घर छोरी प्रेरणालाई दाइजो दिएका थिए ।
नेपाल ट्रष्टले पूर्वराजा वीरेन्द्रको नाममा देशका विभिन्न १२ जिल्लामा रहेका २२ हजार रोपनी जग्गा सरकारको नाममा ल्याइसकेको छ ।

Womui
Womui