प्रधानमन्त्री ओलीले चीन भ्रमणबारे सदनलाइ जानकारी गराए

41

छिनछिन खबर
काठमाडौं, असार १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभालाई आफ्नो चीन भ्रमणका बारेमा जानकारी गराए विदेश भ्रमणबाट फर्केलगत्तै भ्रमण र सन्धि सम्झौताबारे संसदलाई जानकारी गराउने परम्परा अनुसार प्रधानमन्त्रीले सम्बोधन गरेका हुन् । यसका लागि प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बोलाइएको हो ।

हिजै सम्बोधन गर्ने भनिए पनि तयारी नपुगेको भन्दै सारिएको थियो प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा रेल मार्ग, ऊर्जा, जलस्रोत लगायत विषयमा सहमति भएको छ । प्रधानमन्त्री ओलीले चीन जानुअघि समेत भ्रमण एजेन्डाबारे सदनलाई जानकारी गराएका थिए ।

विनियोजन विधेयक अन्तर्गत सदनमा छलफल भएको छ आज राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयमाथि विनियोजित शीर्षकमा छलफल हुँदैछ । छलफलसँगै विनियोजन विधेयकमाथि धारणा राख्ने क्रम सकिने र सम्बन्धित मन्त्रीहरुले जवाफ दिने क्रम सुरु हुने संघीय संसद सचिवालयले जनाएको छ।

Womui
Womui