मुग्लिन सडक खण्डमा वर्षातको पानीसँगै पटकपटक पहिरो जाँदा यात्रुलाई सास्ती

82

छिनछिन खबर
चितवन, असार १२ । पहिरो खसेपछि बिहान ४ बजेदेखि अवरुद्ध नारायणगढ मुग्लिन सडक खण्ड १२ घन्टाको प्रयासपछि खुलेको छ ।

चितवनको इच्छाकामना गाउँपालिका ५ टोपेखोलामा खसेको पहिरो बिहान ६ बजेदेखि स्काभेटरले पन्छाएर अपराह्न ४ बजे बाटो खुलाएको हो । बिहान देखि तीन वटा स्काभेटर लागेर पहिरो पन्छाउन जुटेका थिए ।

अवरुद्ध सडक खुले पनि सवारीसाधनको अत्यधिक चाप र कमजोर ट्राफिक व्यवस्थापनका कारण जाम खुल्न समय लाग्ने देखिएको छ । जाम निकै लामो भएका कारण यति नै बेला खुल्छ भनेर भन्न नसकिने सिमलताल प्रहरी चेक पोस्टले जनाएको छ ।

काठमाडौंतिरबाट आउने सवारीसाधनको १० किलोमिटरभन्दा बढी लाम लागेको छ भने नारायणगढतर्फ करिब ८ किलोमिटर जाम र पोखरातिरबाट आउने गाडीको करिब ४ किलोमिटर लाइन रहेको ट्राफिक प्रहरीले जानकारी दिए ।

सवारी जामका कारण आफूहरुले १२ घन्टाभन्दा बढी समयदेखि सास्ती खेपिरहे पनि स्थानीय प्रशासनले कुनै वास्ता नगरेको यात्रुहरुले गुनासो गरेका छन् ।

Womui
Womui