स्विमिङ पुलमा डुबेर एकको मृत्यु

374

छिनछिन खबर
चितवन, असार ९ । कुरिनटारस्थित सिद्धार्थ होटलको स्विमिङ पुलमा डुबेर मनकामना दर्शनका लागि आएका एकजनाको मृत्यु भएको छ ।पौडी खेल्ने क्रममा डुबेर काठमाडौँ जिल्लाको तारकेश्वर नगरपालिका–११ नेपालटारका २६ वर्षीय रामबहादुर बस्नेतको मृत्यु भएको चितव प्रहरी कार्यालयले जनाएको छ ।

गएराति करीब ९ बजे नुहाउने क्रममा पानीमा डुबेर बेहोस भएका उनको शिक्षण अस्पताल भरतपुरमा उपचारका क्रममा करीब ११ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।परिवारसहित मनकामना दर्शनका लागि आएका उनीहरु साँझ होटलमा बसेर पौडी खेल्न थालेका थिए ।

Womui
Womui