क्रोएसियासँग ३–० ले पराजित भएपछि अर्जेन्टिना खतरामा

143

छिनछिन खबर
काठमाडौं, असार ८ ।   क्रोएसियासँग  ३–० गोलले पराजित भएसँगै दुई पटकको विश्वकविजेता अर्जेन्टिना समूह चरणबाटै बाहिरिने खतरा देखिएको छ । जितसँगै क्रोएसिया अन्तिम १६ मा पुगेको छ ।


समूह ’डी को नाइजेरिया र आइसल्यान्डबीचको खेलमा आइसल्यान्ड विजयी भए साविक उपविजेत ाअजेंन्टिना प्रतियोगिताबाट बाहिरिनेछ । नाइजेरियाले जित हात पारेमात्र अर्जेन्टिनाको सम्भावना हुनेछ ।

विश्वकपमा अहिलेसम्म समूह चरणमा ८ टिमको भाग्यको फैसला भएको छ । विश्वकपको अन्तिम १६ मा पुग्ने पछिल्लो टिम क्रोएसिया बन्यो । यसअघि समूह सीको खेलमा पेरुलाई १–० लाई पराजित गर्दै फ्रान्स अन्तिम १६ मा पुगेको थियो । यता लगातार दोस्रो खेलमा हारसँगै पेरु बाहिरिया ।
यसअघि समूह एबाट रसिया र उरुग्वे अन्तिम १६ मा पुगेका थिए । समूह ए कै साउदी अरेबिया र इजिप्ट बाहिरिएका थिए ।

Womui
Womui