ब्याजदरमा पुनः कार्टेलिङ, बचतमा ७ र निक्षेपमा ११ प्रतिशत भन्दा बढी ब्याज नदिइने

49

छिनछिन खबर
काठमाडौं, असार ७ । वाणिज्य बैंकहरूबीचको निक्षेपको ब्याजदरमा पुनः कार्टेलिङ गर्ने भएका छन् । केही दिनअघि आफूखुशी ब्याजदर लिन सकिने सहमति गरेका तिनै बैंकले तुरुन्तै कार्टेलिङलाई ब्यूँतिएका हुन् ।


बिहीबार नेपाल बैंकर्स संघसँग २८ वटै बैंकका प्रमुख कार्यकारी र प्रतिनिधिहरु सहभागी बैठकले नयाँ ब्याजदर कायम गर्ने सहमति गरेको हो । सहमति अनुसार संस्थागत निक्षेपकर्ताले अब साढे १० प्रतिशत मात्र ब्याज पाउने एक बैंकका प्रमुख कार्यकारी अधिकृतले बताए । सर्वसाधारण निक्षेपकर्तालाई भने बढीमा ११ प्रतिशत ब्याज दिइने उनको भनाइ छ । संघले ब्याजदरलाई अझ तल झार्नका लागि बचतको सीमा पनि घटाएको छ ।

अब बचतमा अधिकतम ७ प्रतिशत मात्र ब्याज दिने सहमति भएको छ । यसअघिको सहमति अनुसार ८ प्रतिशतसम्म बचतमा ब्याज दिन पाइन्थ्यो । बैंकहरुबीच ब्याजदर बढाएर एकअर्काको निक्षेप तान्ने होड चलेपछि गत पुसको दोस्रो साता बैंकर्स संघले मुद्दति निक्षेपमा ११ प्रतिशतभन्दा बढी ब्याज नदिने सहमति गरेको थियो । त्यसको एक महिनापछि फेरि अर्को सहमति गरी संघले साधारण बचतमा पनि ८ प्रतिशतको सीमा थियो । उक्त सहमति अघिल्लो आइतबार तोडिएसँगै ब्याजदर बढाउन तँछाडमछाड सुरु भएको थियो ।

Womui
Womui