राजपाको महाधिवेसन २०७६ बैशाखमा

93

छिनछिन खबर
काठमाडौं, असार ८ । राष्ट्रिय जनता पार्टी (राजपा) ले २०७६ बैशाखमा महाधिवेसन गर्ने निर्णय गरेको छ । पार्टीको विधान संशोधन गर्दै एक वर्षभित्र महाधिवेसन गर्ने प्रावधान हटाइएको हो ।

राजपा निर्वाचन आयोगमा दर्ता भएको एक वर्ष पुरा हुनै लाग्दा निर्वाचन आयोगले असारभित्र महाधिवेसन गर्न पत्र काटेपछि राजपाले पार्टीको विधान संशोधन गर्ने निर्णय गरेको हो । अब राजपाले पार्टीको महाधिवेसन २०७६ बैशाख ७, ८ र ९ मा गर्ने निर्णय गरेको छ ।

अहिलेसम्म महाधिवेसनको कुनै तयारी नथालेको राजपाले आयोगले तोकेको समयभित्र महाधिवेसन गर्न नसक्ने निष्कर्ष निकाल्दै विधान संशोधन गरेको हो । राजपा ६ वटा मधेसकेन्द्रित दल मिलेर बनेको नयाँ पार्टी हो । ती दलले अघिल्लो वर्षको चुनावको बेला एकीकरण गरेका थिए ।

Womui
Womui