विश्वकप प्रतियोगिता, अस्ट्रेलिया र डेनमार्क बराबरी

49

काठमाडौ‌ं, असार ७ (एजेन्सी) । २०१८ फिफा विश्वकपमा अस्ट्रेलिया र डेनमार्कले १–१ गोलको बराबरी खेलका छन् । बिहीबार भएको खेलमा बराबरी भएसँगै अस्ट्रेलियाको दोस्रो चरणमा पुग्ने आशा बाँकी रहेको छ ।


समूहमा डेनमार्कको ४ र अस्ट्रेलियाको १ अंक भएको छ । अब अस्ट्रेलियाले समूह चरणको अन्तिम खेलमा पेरुसँग खेल्नेछ । पेरुलाई पराजित गरे अस्ट्रेलियाको दोस्रो चरण पुग्ने सम्भावना हुनेछ । खेलको सातौं मिनेटमा डेनमार्कले अग्रता लिएको थियो । क्रिस्टियन एरिन्सनले भलि सार्टमार्फत उत्कृष्ट गोल गरेका थिए । ३८ मिनेटमा अस्ट्रेलियाले बराबरी गोल फर्कायो । डेनमार्कका खेलाडीले डिबक्स भित्र ह्यान्ड गरेको भन्दै अस्ट्रेलियाले पेनाल्टी अपिल गरेको थियो । त्यसपछि भएको भिएआर रिभ्यूमा अस्ट्रेलियाले पेनाल्टी पायो । पेनाल्टीमा अस्ट्रेलियाका जेडिनाकले गोल गरे।

दोस्रो हाफमा अस्ट्रेलिया खेलमा हाबी बनेको थियो। म्याथ्यु लेकी तथा एन्ड्रियु नाबोटले राम्रो अवसर पाएपनि सदुपयोग गर्न सकेनन् ।

Womui
Womui