तातोपानी नाका एक वर्षपछि मात्रै सञ्चालनमा आउने

115

छिनछिन खबर
काठमाडौं, असार ६। नेपाल–चीनको पुरानो व्यापारिक नाका तातोपानी सन् २०१९ को मे महिनादेखि सञ्चालनमा आउने भएको छ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले तातोपानी नाका सञ्चालन प्रक्रियाबारे चीनसँग विस्तृतमा छलफल भएको बताए । उनका अनुसार अर्को वर्षको मे महिनादेखि उक्त नाका सञ्चालनमा आउनेछ ।


तीन वर्षअघिको भूकम्पका कारण चीनसँगको व्यापारिक नाका तातोपानी बन्द भएको थियो । मितेरी पुलसम्म पुग्न नेपालले आफ्नोतर्फ सडक निर्माण कार्य सकेपछि नाका खुला हुने उनले जानकारी दिए । चीनतर्फको भन्सार कार्यालय भने न्यालममा रहनेछ । खासा वरपर भूकम्पले ठूलो क्षति पु¥याएका कारण चीनले त्यहाँको बस्ती नै सारेको छ ।

हाल तातोपानीस्थित मितेरी पुलदेखि ७ किलोमिटर वर नेपाली भूभाग लार्चामा सुक्खा बन्दरगाह निर्माणाधीन छ । चीन सरकारको करिब २ अर्ब ३५ करोड अर्थात् १४ करोड ७० लाख युआन सहयोगमा बन्दरगाह निर्माण भइरहेको हो । सुक्खा बन्दरगाह क्षेत्र विस्तार गर्न नेपाली पक्षले चाहना देखाए पनि चीनले करिब ९० रोपनी क्षेत्रफलमा सो बन्दरगाहका लागि मात्र सहयोग गर्ने जनाएर काम भइरहेको हो ।

२०१९ मे महिनाभित्र बन्दरगाह तथा सडक मार्ग निर्माण तयार हुने अपेक्षा गरिएको छ । हाल चीनसँग व्यापारका लागि रसुवागढी–केरुङ नाका मात्र सञ्चालनमा छ ।

Womui
Womui