तालिमकै क्रममा असइको मृत्यु

148

छिनछिन खबर
काठमाडौं, असार ६ । तालिमकै क्रममा नेपाल प्रहरीका सहायक निरीक्षक(असइ) को मृत्यु भएपछि प्रहरी प्रशिक्षण प्रतिष्ठानले छानबिन सुरु गरेको छ ।मृतकका परिवारले घटना शंकास्पद भएको भन्दै छानबिनको माग गरेका छन् ।

प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानका एसपी मधुसुदन लुइँटेलको संयोजकत्वमा छानबिन समिति गठन भएको हो । समितिले भरतपुर पुगेर घटनाको स्थलगत छानबिन गरिरहेको छ ।प्रहरी स्रोतका अनुसार दौडने क्रममा लडेर गम्भीर घाइते भएका राइको उपचारको क्रममा ग्रान्डी अस्पतालमा मृत्यु भएको जनाइएको छ ।

Womui
Womui