डोजर बोकेको ट्रक सप्तकोशीमा दुर्घटना हुँदा दुईको मृत्यु ३ घाइते

58

छिनछिन खबर
कठमाडौं, असार ६ । सुनसरीस्थित कोशी ब्यारेजको पुलमा ठोक्किएर जेसीबी डोजर बोकेको ट्रक नदीमा खसेको छ । घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार मृत्यु हुनेमा विनोद बराइली र घनश्याम चौधरी छन् ।पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ४ ख ३५६ नम्बरको ट्रक ब्यारेजको २० र २१ नम्बर ढोकामा ठोक्किँदै नदीमा खसेको बताइएको छ ।

२ जनालाई इनरुवास्थित जिल्ला सरकारी अस्पताल पुर्‍याउने वित्तिकै चिकित्सकहरुले मृत घोषणा गरेका थिए । घाइते मध्ये ३ जनालाई थप उपचारका लागि बिराटनगरस्थित बिराट नर्सिङ होम लगिएको छ ।

Womui
Womui