नेपालगञ्जको सिंग्नेट कृष्णा होटलमा पार्टीमा साथीहरुसँग डान्स गर्दागर्दै लडेकी पत्रकार अनुपाको निधन

108

छिनछिन खबर
असार ५नेपालगञ्ज । सिंग्नेट कृष्णा होटलमा गएराति पत्रकार अनुपासिंह राजवंशीको निधन भएको छ ।

होटलले आयोजना गरेको स्विमिङ पुल डान्स पार्टीमा साथीहरुसँग डान्स गर्ने क्रममा लडेकी पत्रकार राजवंशी स्थानीय नेपालगञ्ज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाई छ ।प्रहरीले मृतक पत्रकार सिंहको शव आजै परीक्षण गर्न भेरी अञ्चल अस्पताल पठाएको छ भने घटनाबारे अनुसन्धान पनि शुरु गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको र परीक्षणपछि पत्रकार राजवंशीको शव आफन्तलाई बुझाइने बताइएको छ ।

 

स्थानीय खजुरा गाउँपालिका निवासी २४ वर्षिय पत्रकार राजवंशी नेपालगञ्जस्थित टेलिभिजन र रेडियोमा समाचार वाचन गर्ने गरेकी थिईन् । केही महिनाअघि मात्र उनले सोही होटलमा कार्यरत सञ्जय श्रेष्ठसँग विवाह गरेकी थिईन् ।

Womui
Womui