लाजिम्पाटमा ‘डरलाग्दो’ दुर्घटना, एक जना घाइते

28

छिनछिन खबर
५ असार, काठमाडौं । काठमाडौंको लाजिम्पाटमा युनिसेफको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक युवक घाइते भएका छन् ।


घाइते हुनेमा काठमाडौंको चंगोल बस्ने १८ वर्षीय ट्रपिस नेपाल छन् । उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । हाल उनको अवस्था सामान्य रहेको लाजिम्पाटस्थित ट्राफिक प्रहरीले जनाएको छ ।युनिसेफको ६६–०–००८२ नम्बरको कारले मोटरसाइकलाई ठक्कर दिँदा चालक नेपाल घाइते भएका थिए । दुर्घटनाबाट मोटरसाइकलको अगाडि पट्टीको भाग टुक्राटुक्रा भएको थियो ।

कार चालक नेदरल्याण्डका नागरिक भएको प्रहरीको भनाइ छ । थप अनुसन्धान जारी रहेको बताइएको छ ।

Womui
Womui