कोलम्बियालाई हराएपछि जापान बन्यो दक्षिण अमेरिकी टिमलाई हराउने पहिलो एसियन टिम

149

काठमाडौं, असार ५ (एजेन्सी) । जारी विश्वकपमा जापानले ऐतिहासिक जित हात पारेको छ । मंगलबार भएको समूह ’एच’ को खेलमा जापानले १० खेलाडीमा सीमित कोलम्बियालाई २–१ गोल अन्तरले पराजित ग¥यो ।

जितसँगै जापान दक्षिण अमेरिकी टिमलाई विश्वकपमा पराजित गर्ने पहिलो एसियन टिम बनेको छ । यस्तै जापानले गत विश्वकपमा कोलम्बियासँग हात पारेको ४–१ गोलको बदला समेत लिएको छ । जापानले कोलम्बियालाई पहिलो पटक पराजित गर्दै अर्को इतिहास बनायो ।

खेलको सुरुवातमै कोलम्बिया १० खेलाडीमा सीमित बनेको थियो । डिबक्स भित्र ह्यान्ड गरेपछि कोलम्बियाका सान्चेजले सिधा रातो कार्ड पाएका थिए । त्यसपछि प्राप्त पेनाल्टीमा जापानका सिन्जी कागावाले गोल गर्दै जापानलाई अग्रता दिलाए । १० खेलाडीमा सीमित हुनुका बावजुद कोलम्बियाले ३९ मिनेटमा बराबरी गोल फर्काउन सफल भयो। डिबक्स नजिक पाएको फ्रिकिकमा क्युन्टेरोले गोल गरेका थिए । ७३ मिनेटमा ओसाकोले हेडमार्फत गोल गरेर जापानलाई दोस्रो पटक अग्रता दिलाए । उनले कर्नरबाट प्राप्त बलमा गोल गरेका थिए। ।

Womui
Womui