१ सय १९ जनाको जम्बो टोली लिएर प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान

92

छिनछिन खबर
काठमाडौं, असार ५ । प्रधानममन्त्री केपी शर्मा ओली १ सय १९ जनाको जम्बो टोली लिएर मंगलबार चीन प्रस्थान गरेका छन् । उनले ६ दिन चीनको भ्रमण गर्ने कार्यक्रम छ ।


चार मन्त्रीसहित १ सय १९ जनाको जम्बो टोली लिएर प्रधानमन्त्री ओली हिमालय एयरलाइन्सको विमान चार्टर्ड गरी चीन गएका हुन् ।
ओलीसँगै गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, उर्जा मन्त्री वर्षमान पुन तथा यातायात मन्त्री रघुबीर महासेठसहित अधिकांश उच्च पदका सरकारी कर्मचारी भ्रमणमा गएका छन् ।

प्रधानमन्त्रीले चीनमा रहँदा चिनियाँ राष्ट्रपति सि जिनपिङ तथा समकक्षी लि खछयाङसँग छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम तय भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीका उच्च तहका नेताहरुसँग पनि ओलीले भेट्ने बताइएको छ ।

Womui
Womui