अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनस बिहे गर्लान् ?

181

काठमाडौं, असार ५ (एजेन्सी) । भनिन्छ– हावा नचली पात हल्लिँदैन । बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनस अहिले सम्बन्धमा छन् भन्ने सुइँको सबले पाइसकेका छन् । मिडियामा जोनस र प्रियंका सम्बन्धका बारेमा विभिन्न टिका टिप्पणीहरु आइरहेका छन् । अहिले उनीहरु डेटिङमा मस्त छन् । रिपोर्टका अनुसार निक सम्बन्धलाई बलिएर निकै सिरियस छन् । हुन त प्रियंका र निकको हिमचिम हल्ला फैलेयता निकै नै बढेको पाइएको छ ।


रिपोर्टका अनुसार निक प्रियंकाको प्रेममा पागल भैसकेका छन् र यस सम्बन्धलाई नयाँ मोडमा लैजाने तयारी गर्दैछन् । निकले डेटिङ मात्र होइन सुन्दरी प्रियंकासँग लगनगाँठो कस्न चाहन्छन् । रिपार्टका अनुसार निकले प्रियंकालाई गुमाउन चाहनन् । कहिले प्रियंका निकको परिवारसँग रमाइरहेको फोटो सार्वजनिक हुन्छ भने कहिले उनीहरु सँगै डिनर डेट मा गएको फोटो भाइरल भइरहेको हुन्छ । विदेशी केटासँग डेटिङ गरिरहेकी यस सम्बन्धबारे प्रियंकाकी आमाले बारम्बार खण्डन गरिरहेकी छिन् ।

Womui
Womui