कोलम्बियाविरुद्ध बदला लिने जापानलाई अवसर

117

छिनछिन खबर
काठमाडौं, असार ५ । परिचित टोली कोलम्बियालाई बदला लिने अवसर जापानलाई जुरेको छ । मंगलबार एसियन टोली जापानले कोलम्बियासँग प्रतिस्पर्धा गर्दैछ । सन् २०१४ को विश्वकपमा जापान र कोलम्बिया एउटै समूहमा थिए ।

समूह चरणको खेलमा कोलम्बियाले जापानमाथि ४–१ को सानदार जित हात पारेको थियो।  चार वर्षपछि फेरि जापान र कोलम्बियाबीच समूह चरणमै प्रतिस्पर्धा हुँदैछ। । गत संस्करणको विश्वकपमा कोलम्बियाले समूह चरणमा उत्कृष्ट खेल पस्केको थियो । १९९८ देखि लगातार विश्वकप खेलिरहेको जापानको प्रदर्शन भने राम्रो हुन सकेको छैन । लगातार छैटौं पटक विश्वकपमा सहभागी जापानको यसपटकको लक्ष अन्तिम १६ मा पुग्नु हो । जापानले सन् २००२ र २०१० मा अन्तिम १६ को यात्रा तय गरेको थियो । अन्य संस्करणमा भने जापान समूह चरणबाटै बाहिरिएको थियो । यसपटक जापानले राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।

जापान भन्दा कोलम्बिया बलियो टिम हो । तर जापानलाई हल्का रुपमा लिने गल्ती उसले गर्ने छैन । जापानका नयाँ प्रशिक्षक अकिरा निशिनोले अंग्रपंक्तिमा विशेष ध्यान दिएका छन् । उनी जोखिम मोलेर आक्रमक रुपमा खेल्ने मनस्थितिमा देखिएका छन् । जापानको बलियो पक्ष मिडफिल्ड हो ।

जापान र कोलम्बियाबीच अहिलेसम्म ३ खेल भएको छ । तीन वटै खेलमा कोलम्बिया विजयी भएको छ । सन् २००३ मा कोलम्बियाले जापानलाई १–० ले हराउँदा २००७ मा भएको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो । गत विश्वकपमा भने कोलम्बियाले ४–१ को जित हात पारेको थियो ।

Womui
Womui