चर्चित फुटबल टोलीलाई टक्कर जारी, ब्राजिललाई स्विट्जरल्यान्डले बराबरीमा रोक्यो

21

काठमाडौं, असार ४ (एजेन्सी) । मस्कोमा जारी विश्वकप जित्ने दाबी गरिएका चर्चित टोलीले प्रतिद्वन्द्वीसँग टक्कर खाने क्रम जारी छ । यसअघि अजेन्टिना आइसल्यान्डसँग बराबरीमा रोकिएको बेला आइतबार रातिका दुई टोलीले पनि अनेपेक्षित नतिजा भोगेका छन् ।
साविक विजेता जर्मनी मेक्सिकोसँग १–० ले पराजित भयो । त्यस्तै अर्को बलियो ठानिएको ब्राजिलले स्विट्रल्याण्डसँग अंक बाड्यो । ब्राजिललाई समूह ’ई’ को खेलमा स्विट्जरल्यान्डले १(१ गोलको बराबरीमा रोकेको हो ।

खेलमा अग्रता भने ब्राजिलले लिएको थियो। ब्राजिलका लागि फिलिप काउटिन्होले २० मिनेटमा गोल गरेका थिए । उनले डिबक्स नजिकबाट हानेको प्रहारले सिधै जाली चुम्दा ब्राजिले अघि बढेको थियो । स्विट्जरल्यान्डले ५० मिनेटमा बराबरी गोल फर्काउन सफल भयो । कर्नर बलमा जुबेरले क्लोज रेन्जबाट हेडमार्फत गोल फर्काएका थिए । प्रतिस्पर्धात्मक खेलमा ब्राजिलले स्विस पोस्टमा बढी चार्ज गरेपनि फिनिसिङमा पटकपटक चुक्यो ।

योसँगै समूहमा सर्विया शीर्ष स्थानमा छ र सर्वियाले कोस्टारिकालाई पराजित गरेको थियो ।

Womui
Womui