मेक्सिकोद्वारा साविक विजेता जर्मनी पराजित

35

मस्को, असार ३ (एजेन्सी) । रसियामा जारी विश्वकपमा साविक विजेता जर्मन पराजित भएको छ । आइतबार रातिको जर्मन र मेक्सिकोबीचको फुटबलमा मेक्सिकोले जर्मनीलाई हराएको हो । मेक्सिकोले विश्वविजेता जर्मनलाई १–० गोलले हरायो ।

मेक्सिकोका लागि हिर्भिङ लोजानोले खेलको पहिलो हाफमा गोल गरेका थिए । उनले खेलको ३५ औं मिनेटमा गोल गरेर मेक्सिकोलाई अग्रता दिलाएका दिए । काउन्टर एट्याकमा उनले गोल गरेका थिए ।

खेलको सुरूदेखि नै दुबै टोलीले निरन्तर एकअर्काको पोस्टमा आक्रमण गर्दै आक्रमकरूपमा खेलेका थिए । खेलको अन्तिमसम्म पनि जर्मनले हारबाट बच्न निरन्तर आक्रमण गरे पनि उनीहरूको प्रहारलाई मेक्सिोको गोलकिपरले असफल बनाइ दिए ।

Womui
Womui