न्यान्सीलाई मिस ग्यालेक्सी २०१८ को ताज

66

काठमाडौं, असार ३-
दक्ष्य इन्टरनेशनल प्रालिको आयोजनामा भएको मिस ग्यालेक्सी नेपाल २०१८ उपाधी न्यान्सी अग्रवालले जित्न सफल भएकी छिन् । राजधानीको राष्ट्रिय नाचघरमा सम्पन्न सो प्रतियोगीतामा करिव एक महीना लामो प्रशिक्षणपछि अयोजित प्रतियोगितामा न्यान्सी अग्रवालले अन्य प्रतिस्पर्धीलाई पछि पार्दै मिस ग्यालेक्सी २०१८ को ताज जित्न सफल भएकी थिइन् ।

मिस ग्यालेक्सी २०१८ को फस्ट रनरअपमा निश्मा आचार्य र सेकेण्ड रनरअपमा सम्झना चौधरीले उपाधि हात पारेकी छिन, भने मस्ट पपुलरको ताज समेत बिजेता न्यान्सी अग्रवालले जित्न सफल भएकी थिइन् । मिस ग्यालेक्सी २०१८ सौन्दर्य प्रतियोगिताको अन्य विभिन्न सौन्दर्य प्रतियोगिताहरुमा कोरियोग्राफी गरेर चर्चा बटुलेका चर्चित कोरियोग्राफर आस्विनी झाले कोरियोग्राफी गरेको थिए । नयाँ प्रतिभालाई मोडलिङ क्षेत्रमा भित्राएर उनीहरुलाई ब्यबसायिक मोडल बनाउन मिस ग्यालेक्सी २०१८ आफुहरुले आयोजना गर्दै आएको आयोजक संस्थाका अध्यक्ष टेक राज पाण्डेले बताए ।

Womui
Womui