जनज्योतिलाई उपमेयर छात्रा क्रिकेट उपाधी

122

कोहलपुर, असार ३-
कोहलपुरमा सम्पन्न प्रथम मावि स्तरीय उपमेयर छात्रा क्रिकेट रनिङ शिल्ड प्रतियोगिताको उपाधी जनज्योती माविले उचालेको छ । गत जेठ २६ गतेदेखि कोहलपुर क्रिकेट मैदानमा सञ्चालन गरिएको प्रतियोगिताको फाईनलमा त्रिभुवन मावि कोहलपुर विरुद्ध रोमाञ्चक जित निकाल्दै जनज्योतीले शिल्ड उचालेको हो । नगरभित्रका १२ टिमले सहभागीता जनाएको प्रतियोगिताको विजेता हुँदै जनज्योतिले नगद रु. २१ हजार सहित शिल्ड प्राप्त गर्यो, भने उपविजेतामै चित्त बुझाएको त्रिभुवन माविले नगद २० हजार ५ सय प्राप्त गर्यो ।

प्रतियोगिताको विजेता तथा उपविजेता टिमलाई बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश के.सी, कोहलपुर नगरपालिकाका उपप्रमुख सञ्जुकुमारी चौधरी लगायतले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए । फाईनल खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको जनज्योतिले निर्धारित १५ ओभरमा ३ बिकेट गुमाउँदै एक सय ३० रन जोडेको थियो । टिमलाई ठुलो स्कोरतर्फ डोर्याउने क्रममा समिक्षा बि.कले अविजित ६३ रन जोडेकी थिईन् । बिक प्रतियोगितामा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी समित बनिन् । एक सय ३१ रनको लक्ष्य पछ्याएको त्रिमाविका सुरुवाती खेलाडीहरु सस्तैमा बाहिरिएपछि टिम केही दवावमा देखिएको थियो ।

यद्यपी बीचका खेलाडीले उत्कृष्ट पारी खेल्दै खेलमा रोमाञ्चकता प्रदान गरेका थिए । त्रिमाविले अन्तिम ओभर खेलीसक्दा १ सय २७ रनमै सिमित भएपछि जनज्योति ४ रनले विजयी भएको हो । प्रतियोगितामा त्रिमाविका खेलाडी सृजना पुनमगर उत्कृष्ट घोषित भईन्, भने त्रिमाविकै निरुता शाही (उत्कृष्ट बलर) र अलिसा पुनमगरले उत्कृष्ट विकेट किपरको उपाधी प्राप्त गरिन् । त्यसैगरी जनज्योतिकी खेलाडी समिक्षा बिकले उत्कृष्ट ब्याटरको उपाधी प्राप्त गरिन् ।

Womui
Womui