रेडक्रसको ५१ औं शाखा स्थापना दिवस मनाइयो

137

नेपालगन्ज, असार ३-
नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको ५१ औं स्थापना दिवस आइतबार नेपालगन्जमा मनाइएको छ । दिवसका अवसरमा सांसद सरवातआरा खानम, रेडक्रसका केन्द्रीय उपाध्यक्ष अजीतकुमार शर्मा र शाखा सभापति गोवर्धनसिंह सम्झनाले संयुक्त रुपमा केक काटेका थिए ।

दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय उपाध्यक्ष आजितकुमार शर्माले बाँके शाखाका संस्थापक हरुलाई सम्झदै आगामी दिनमा रेडक्रसका स्वयं सेवकहरु उर्जावान भई मानवीय सेवामा लाग्न आग्रह गरे । सांसद खानमले रेडक्रसका गतिविधि सामुदायिक र संस्थागत विद्यालय तथा मदरसाहरुमा व्यापक बनाउन अनुरोध गरे । उनले मानवीय सेवामा सधै अग्रस्थानमा रही काम गर्ने रेडक्रसलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Womui
Womui