घट्यो पेट्रोलियम पदार्थको मूल्य

132

छिनछिन खबर
काठमाडौं, असार ३ । सरकारले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । आइतबार मध्यरातदेखि लागू हुनेगरी नेपाल आयल निगमले प्रतिलिटर पेट्रोलमा ३ र डिजेल तथा मट्टितेलमा २÷२ रुपैयाँले मूल्य घटाएको हो ।

नयाँ मूल्यसूची अनुसार अब पेट्रोलको प्रतिलिटर मूल्य ११० पुगेको छ भने डिजेलको मूल्य ९३ कायम हुनेछ ।
हाल पेट्रोलको प्रतिलिटर मू्ल्य ११३ छ भने डिजेलको मूल्य ९५ रहेको छ ।

Womui
Womui