पहिरो खसेपछि नारायणगढ मुग्लिन सडक दुईतर्फी सञ्चालनमा अवरूद्ध

89

छिनछिन खबर
चितवन, असार ३ । आइतबार साँझ पानीसँगै आएको पहिरोले नारायणगढ मुग्लिन सडकखण्ड आइतबार साँझ ७ बजेदेखि एकतर्फी सञ्चालनमा आएको छ ।इच्छाकामना गाउँपालिका ६ स्थित जलविरे भन्ने ठाउँमा साँझ पौने ६ बजेतिर पहिरो झरेर रूख र विजुलीका पोलहरू ढलेकाले त्यसलाई हटाएर दुई तर्फी सडक सञ्चालन गर्न समय लाग्ने चितवनका ट्राफिक प्रहरी प्रमुख वेदप्रसाद गौतमले बताए ।

पहिरो झरेपछि सवारी साधनलाई रोकेर विस्तारै पठाउने काम गरेको उनले जनाए । सडकमा कालोपत्रे गरेदेखि केही सहजको महशुस भए पनि बर्षातको पानीसँगै पटकपटक पहिरो झरेर दुःख दिने गरेको उनको भनाई छ ।

Womui
Womui