पोखरामा यति एयरको जहाज धावन मार्गबाट चिप्लिएर घाँसे मैदानमा

136

छिनछिन खबर
पोखरा, असार ३ । ३० जना यात्रु बोकेर काठमाडौंबाट पोखरा आएको यति एयरलाइन्सको जहाज ठूलो दुर्घटना हुनबाट जोगिएको छ । धावन मार्गमा अवतरण गर्ने क्रममा चिप्लिएर १५ मिटर पर घाँसे मैदानमा पुगेको थियो । जहाजमा रहेका चालक दल सहित यात्रु सकुशल प्रहरी स्रोतले जनाएको छ ।

यति एयरलाइन्सको नाइन एन एएचयू ६८१ कलसाइनको जहाज दिउसो २ः४५ बजे अवतरणको क्रममा दुर्घटनाबाट जोगिएको हो ।

विमानले रनवेलाई डिष्टर्ब नगरेको कारण उडान अवतरणमा समस्या नभएको प्रहरीले बताएको छ । यद्यपी मौसमका कारणले भने अहिले विमानस्थलवाट उडान र अवतरण भएको छैन । काठमाडौंबाट इन्जिनियरहरुको टोली आजै आएर विमानको मर्मत गरिने बताइएको छ ।

Womui
Womui