पूर्वराजा ज्ञानेन्द्र स्वास्थ्य जाँच गराउन नर्भिकमा

130

छिनछिन खबर
काठमाडौं,असार ३ । स्वास्थ्य जाँच गराउन पूर्वराजा ज्ञानेन्द्र शाह नर्भिक अस्पताल पुगे । शाह मुटुका बिरामी हुन् । उनलाई ०७१ असोज ५ गते ह्रदयघात भएको थियो ।

उपचारपछि स्वास्थ्यलाभ गरेका उनी त्यसयता नियमित स्वास्थ्य जाँच गराउँदै आएका छन् । उनी थप समस्याका कारण नभएर नियमित स्वास्थ्य जाँचका लागि आइतबार बिहान नर्भिक अस्पताल पुगेको राजदरबारका पूर्वसचिव फणिराज पाठकले जानकारी दिए ।

Womui
Womui