विश्वकप २०१८, जर्मनी भर्सेस मेक्सिको

32

मस्को, असार ३ (एजेन्सी) । आइतबार ८ः ४५ मा साविक विश्वकप विजेता जर्मनी र जर्मनीबीच प्रतिस्पर्धा हुँदैछ । जितलाई निरन्तरता दिन जर्मनीले टिममा धेरै परिवर्तन गरिरहेको छ । सन् २०१४ को विश्वकप जितेका अनुभवी खेलाडीहरु टिममा छैनन्। । यस्तै सन् २०१४ को फाइनलमा अर्जे्न्टिना विरुद्ध निर्णायक गोल गरेका मारियो गोट्जेले विश्वकप टिममा स्थान बनाउन सकेनन् ।


परिवर्तित जर्मन टिममा दुई वटा कुरा मात्र स्थिर छन् । ती हुन् प्रशिक्षक जोमिच लो र टिमको सफलता । विश्वकप छनोटमा उत्कृष्ट खेलेको जर्मनीले सवै १० खेल जित्दा ४३ गोल गरेको थियो । छनोटमा उसले ४ गोलमात्र खायो । जर्मनीले एक वर्षअघि रसियामै भएको फिफा कन्फेडेरेसन कप पनि जितेको थियो ।

उता सन् २०१५ मा मेक्सिकोको प्रशिक्षकमा नियुक्त भएका जुवान कोर्लोस असोरियोले टिममा व्यापक सुधार गरेका छन् । यद्यपी मेक्सिको कन्फेडेरेसन कपमा भने सेमिफाइनलमा पराजित हुन पुगेको थियो। । तर विश्वकप छनोटमा मेक्सिकोको प्रदर्शन भने उच्च रह्यो । उसले १६ मध्ये १ खेलमा मात्र हार बेहोरेको थियो ।

जर्मनीका लागि मेक्सिको समूह चरणको सबैभन्दा बलियो प्रतिद्वन्द्वी हो । जर्मनीले सन् २०१४ को विश्वकपमा पहिलो खेलमा पोर्चुगललाई ४–० गोलले पराजित गरेको थियो । पछिल्लो पटक जर्मनी विरुद्धको खेल मेक्सिकोले ४–१ ले गुमाएको थियो ।

Womui
Womui