भारत चार हवाई रुट दिन सहमत, यी हुने नयाँ हवाई रुट

108

छिनछिन खबर
काठमाडौं, असार ३ । भारतले नेपाललाई थप ४ हवाई प्रवेश रुट उपलब्ध गराउने भएको छ । नेपाल आउने जहाजलाई सिमराबाटमात्र प्रवेश दिने गरेको भारतले अब नेपाल आउने जहाजलाई महेन्द्रनगर, नेपालगंज, जनकपुर र विरगंजबाट पनि आउन दिने सहमति जनाएको हो ।


सन् २०१६ देखि भएको वार्तामा प्राविधिक तहमा छलफल गरी रुट बारे टुंगो लगाउने सहमति भएपनि हालसम्म प्रगति भएको थिएन ।
गएको वैशाखमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको बेला हवाई रुटबारे प्राविधिक वार्ता गर्ने सहमति भएको थियो । सोही वमोजिम नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतीय विमानस्थल प्राधिकरणका अधिकारीबीच काठमाडौंमा भएको वार्ताले चार वटा हवाई रुट दिने सहमति भएको हो । सहमति अनुसार सन् २०१८ को सेप्टेम्बरसम्म कार्यान्वयनमा लैजाने बताइएको छ ।

Womui
Womui