विदा कटौतीको ईदगाहमै विरोध

183

नेपालगन्ज, असार २-
सरकारले आफ्ना पर्वको विदा कटौती गरिदिएको भन्दै मुस्लिम समुदायले शनिबार ईदगाह परिसरमै बिरोध प्रर्दशन गरेका छन् । सामुहिक नमाज पढ्न विपी चोकस्थित ईदगाह पुगेका मुस्लिम समुदायले सरकारको बिरोध प्रर्दशन गरेका हुन् । वर्तमान सरकारले ईद, बकर ईद र मोहम्मद डे को विदा कटौती गरेको उनीहरुको गुनासो छ ।

सरकारले विदा यसवर्षबाट कटौती गरेपछि आक्रोशित भएका मुस्लिम समुदायले नेपालगन्जको विपी चोकस्थित ईदगाह बाहिर कालो ब्यानर टाँगेर बिरोध जनाएका थिए । मुस्लिम समुदायका अगुवा एवम् पुर्वसांसद अब्दुल हमिद सिद्धिकी(भोला)ले आफ्ना पर्वको विदा कटौती गरेर वर्तमान सरकार अधिनायकवाद तर्फ उन्मुख भएको आरोप लगाए । ‘वर्तमान सरकारले हामी मुस्लिमलाई उपेक्षा गरेर तीन वटा विदा कटौती गरिदिएको छ, यसबाट हामी धेरै नै दुःखी छौं, संबिधानले सबै धर्मलाई समान गरेपनि कम्युनिष्ट सरकारले मुस्लिमलाई उपेक्षा गर्यो,’ उनले भने ।

ठुलो संख्यामा उपस्थित भएका उनीहरुले सामुहिक नमाज पढ्नुअघि ईदगाह बाहिर कालो ब्यानर टाँगेर बिरोध जनाउँदा प्रहरीले हस्तक्षेप गरेको थियो । ईदगाह बाहिर टाँगेको ब्यानर थुतेर प्रहरीले फ्याँकिदिएपछि उपस्थित मुस्लिम समुदाय आक्रोशित बनेका थिए । सुरक्षार्थ खटिएको प्रहरी र मुस्लिम समुदायले केहीबेर धकेलाधकेल गरेका थिए ।

Womui
Womui