नेपालगन्जमा ईदको रौनक-(फोटो फिचर)

276

नेपालगन्ज, असार २-
धुमधामका साथ नेपालगन्जमा ईद पर्व मनाईएको छ । ईदको अवसरमा नेपालगन्जको विपी चोकस्थित ईदगाहमा मुस्लिम समुदायले शनिबार सामुहिक नमाज पढेका थिए । नमाज पढिसकेपछि हर्षोउल्लासका साथ मुस्लिम समुदायले ईद मनाईरहेका छन् । मुस्लिम समुदायहरु रमजानको एक महिनासम्म निराहर ब्रत बसेका थिए । रमजान महिनाको अन्तिम दिन चाँद(चन्द्रमा) हेरिसकेपछि उनीहरुले ईद पर्व मनाएका हुन् ।

विपी चोकस्थित ईदगाह परिसरमा नमाज पढिसेपछि मुस्लिम र गैर मुस्लिम समुदायले आपसमा अंकमाल गर्दै शुभकामना आदान–प्रदान गरेका थिए । सो क्रममा सहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राई, नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवलसम्शेर राणा, उपप्रमुख उमा थापामगर, नेपाल कम्युनिष्ट पार्टीका नेता अशोक कोईराला, नेपाली कांग्रेस बाँकेका सभापति किरण कोईराला, क्षेत्रीय सभापति रमेश गुप्ता, जिल्ला सदस्य सुधाम्सु कोईराला, सांसद सर्वतआरा खानम, मोहम्मद याकुव अन्सारी, नेपालगन्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक डाक्टर सुरेशकुमार कनोडिया, राप्रपाका केन्द्रिय सदस्य ऋषिराज देवकोटा, पुर्वसांसद अब्दुल हमिद सिद्धिकी, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य लगायतले ईदको शुभकामना आदान-प्रदान गरेका थिए ।

Womui
Womui