चितवनको चुम्लिङटारमा माइक्रो बस र ट्रक ठोक्किँदा ४ को मृत्यु

124

छिनछिन खबर
चितवन, असार १ । चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा माइक्रो बस र ट्रक एक आपसमा ठक्कर खाँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ७ जना घाइते भएका छन्। । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सुशिलसिंह राठोरका अनुसार शुक्रबार बिहान पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग १ ख ७२९२ नम्बरको माइक्रो बस र काठमाडौंबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख ४०६४ नम्बरको मालबाहक ट्रक एक–आपसमा ठक्कर खाएका हुन् ।


दुर्घटनामा माइक्रो बसका चालकसहित ४ जनाको घटनास्थलमा नै मृत्यु भएको एसपी राठोरले बताए । चालक कास्की रुपाकोट–८ बस्ने चन्द्रबहादुर केसीबाहेक अन्य मृतकको सनाखत हुन सकेको छैन । एसपी राठोरका अनुसार मृत्यु हुनेमा ३ जना पुरुष र १ महिला रहेका छन् ।घाइते हुनेहरुमा तनहुँका सुशिल कार्की, चितवन भरतपुर–२९ का आश आलेमगर, तनहुँ देवघाटका सन्तोष प्याकुरेल, गोरखा पालुङटारका ईश्वर बोगटी, तनहुँ दुलेगौंडाका बुद्धबहादुर नेपाली र मकवानपुर हेटौँडाका रञ्जित राई रहेको प्रहरी प्रमुख राठोरले जनकारी दिए। ट्रकका चालक तथा दुवै सवारीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Womui
Womui