विश्वकप २०१८, पोर्चुगल र स्पेनको आ–आफ्नै दाबेदारी

78

काठमाडौं, असार १ (एजेन्सी) । २०१८ को फिफा विश्वकप अन्तर्गत समूह ’बी’ मा स्पेन र पोर्चुगलबीच शुक्रबार नेपाली समय अनुसार ११ः ४५ मा खेल सुरु हुँदैछ । समूह चरणकै रोमाञ्चक मानिएको प्रतियोगितामा कसले बाजी मार्ला उत्सुकतापूर्वक हेरिएको छ । दुवै टिमको लक्ष्य उपाधि भएकाले खेललाई महत्वका साथ लिइएको छ ।


सन् २०१० को विश्वकपको अन्तिम १६ मा स्पेन र पोर्चगलबीच प्रतिस्पर्धा भएको थियो। । तनावपूर्ण खेलमा स्पेनले पोर्चुगललाई १–० ले हराएको थियो । सो खेलपछि दुई टिमबीच ठूला प्रतियोगितामा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो ।
दुई टिमबीच अहिलेसम्म ३५ पटक प्रतिस्पर्ध भएको छ । जसमा स्पेनले १६ खेलमा जित हात पारेको छ भने पोर्चुगल ६ खेलमा विजयी भएको छ ।

स्पेनिस टिमलाई सन्तुलित टिम मानिएको छ । युवा र अनुभवी खेलाडीको समिश्रण भएकाले स्पेन मानसिक रुपमा बलियो छ । तर विश्वकप अघि प्रशिक्षक बर्खास्तमा परेपछि टिममा प्रभाव पर्नेछ । यता युरोपियन च्याम्पियन पोर्चुगलमा प्रतिभाशाली युवा खेलाडी छन् । अनुभवी कप्तान क्रिस्टियानो रोनाल्डोको प्रेरणामा टिमले उत्कृष्ट खेल्ने अपेक्षा गरेको छ ।

युरो २०१६ को विजेतासँग पहिलो खेल खेल्दा स्पेनलाई सहज नहुने स्पेनिस टिम विश्लेषकको भनाइ छ। । तर ‍पछिल्ला २० खेलमा अपराजित स्पेन उच्च मनोबलमा छ ।

Womui
Womui