नागरिक अभिनन्दनमा सहभागी हुनेलाई युनियनले दियो धन्यवाद

62

नेपालगन्ज, जेठ ३१-
प्रेस स्वतन्त्रता सेनानी, वरिष्ठ पत्रकार पन्नालाल गुप्ता ‘चाचाजी’को नागरिक अभिनन्दन भव्यताका साथ सफल पार्न सहयोग गर्नुहुने र सहभागी हुने समस्त बाँके, नेपालगन्जवासीलाई नेपाल प्रेस युनियन बाँकेले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ । युनियन बाँकेका अध्यक्ष जयनारायण शाहको अध्यक्ष्तामा बिहीबार बसेको बैठकले धन्यवाद प्रस्ताव पारित गरेको हो ।

अभिनन्दनलाई आत्मसाथ गरी भव्यता दिन नेपालगन्ज उपमहानगरपालिकाले गरेको सहकार्यप्रति विशेष आभार व्यक्त गर्दै बैठकले धन्यवाद ज्ञापन गरेको छ । यसैगरी उक्त बैठकले कोहलपुर नगरपालिकासहित जिल्लाका सबै गाउँपालिकालाई समेत धन्यवाद व्यक्त गरेको छ । नेपाल प्रेस युनियन बाँकेको अगुवाईमा भएको उक्त नागरिक अभिनन्दनमा बाँकेका पत्रकारका सम्पुर्ण संघ संगठन, बार एशोसियशन, नेपालगन्ज उद्योग वाणिज्य संघ, चिकित्सक संघ भेरी शाखा लगायतको सहभागिताप्रति पनि बैठकले धन्यवाद प्रकट गरेको छ ।

चाचाजीको नागरिक अभिनन्दनमा नेपालगन्ज, बाँकेबासीको सहभागिताले सम्पुर्ण नेपाली प्रेस जगतले सम्मान महसुस गरेको युनियनले ठहर गरेको युनियन बाँकेका सचिव अर्जुन ओलीद्धारा प्रेसित नोटमा उल्लेख छ ।

Womui
Womui