नेपालगन्जमा बन्यो सामाजिक सद्भाव समिति

164

नेपालगन्ज, जेठ ३१-
सामाजिक सद्भाव अभिवृद्धिका लागि सामाजिक सद्भाव समिति गठन गरिएको छ । सामाजिक सद्भाव अभिवृद्धि तथा सामुदायिक सुरक्षा सवलीकरणका लागि उक्त समिति गठन गरिएको हो । बागेश्वरी असल शासन क्लब(बास)द्धारा सञ्चालित सामाजिक सद्भाव परियोजना अन्र्तगत उक्त समिति गठन गरिएको हो ।

नेपालगन्जको त्रिभुवनचोक, सदरलाईन, एकलैनीका स्थानीय अगुवाको उपस्थितीमा गठन भएको समितिको संयोजकमा बृजेश बैश्य चयन भएका छन्, भने सह–संयोजकमा मो. ईरफान सिद्धिकी, सचिवमा कृष्णा पाण्डेय, सह–सचिवमा सुवेदा फरहिन चयन भएका छन् । सदस्यहरुमा जितेन्द्र बैश्य, अकिल अहमद, शैलेन्द्र बैश्य, कमरुन निशा, हरपाल सिंह, गोपिनाथ बैश्य र घनश्याम बैश्य चयन भएका छन् ।

त्यसैगरी सल्लाहकारमा नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, फातिमा फाउण्डेसनकी कार्यबाहक अध्यक्ष मैमुना सिद्धिकी, वडानम्वर ८ का अध्यक्ष सुरेन्द्र गुप्ता बैश्य, वडानम्बर ११ का अध्यक्ष उज्वलसिंह राठौर, वडानम्बर १ का अध्यक्ष अयुव सिद्धिकी चयन भएका छन् । समितिले सामाजिक सद्भावका लागि कार्य गर्नेछ ।

Womui
Womui