विश्वकप फुटबलको उदघाट्नमा आयोजक रसिया विजयी

35

छिनछिन खबर
काठमाडौं, जेठ ३१ । विश्वकप फुटबलको पहिलो खेलमा आयोजक राष्ट्र रसिया विजयी भएको छ । राजधानी मस्कोमा भएको खेलमा रसियाले एसियन राष्ट्र साउदी अरेबियालाई ५–० ले हरायो । प्रतियोगिताको पहिलो खेलको १२ औं मिनेटमा साउदी अरेबियाविरुद्ध रसियाले पहिलो गोल गर्दै खाता खोलेको थियो । युरी ग्याजिन्सकीले पहिलो गोल गरे ।

यस्तै खेलको ४३ औं मिनेटमा डेनिस चेरिसेभले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे । पहिलो हाफमा २ गोलको अग्रता लिएर दोस्रो हाफमा मैदान उत्रेको रसियाले ७१ औं मिनेटमा तेस्रो गोल ग‍¥यो । रसियाका लागि तेस्रो गोल सब्सिटियूटमा मैदान उत्रेका आर्तेम दर्बुजाले हेड मार्फत गरे । उनी ७० औं मिनेटमा फेदोर सेमोलोभको सट्टामा मैदान छिरेका थिए ।

यस्तै ९० मिनेटपछि थपिएको ३ मिनेटको अतिरिक्त समयको पहिलो मिनेटमा साउदीका फहाद अल मुलादले फल गरेपछि रसियाका देनिश चेरोसेभले डिबक्सको दाँयाबाट ’लेफ्ट फुट सट’ हान्दै चौथो गोल गरे। । उनलाई ७१ औं मिनेटमा गोल गरेका आर्तेमले हेडमार्फत पास दिएका थिए ।

थप समयको अन्तिम मिनेटमा साउदीका तेसिल अल जासमले फल गरेपछि रसियाले पाएको फ्रिकिकलाई सदुपयोग गर्दै एलेकसान्दर गोलोभिनले रसियाका लागि ५ औं गोल गरे ।
पहिलो जितसँगै रसियाले आफ्नो समूहमा ३ अंक बटुलेको छ।

Womui
Womui