चीन भ्रमणमा ओलीले राष्ट्रपति सी र प्रधानमन्त्री लीसँग भेट गर्ने निश्चित

180

छिनछिन खबर
काठमाडौं, जेठ ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली खछ्याङ्गसँग भेटवार्ता गर्ने निश्चित भएको छ ।

बुधबार बेइजिङमा पत्रकार सम्मेलन गरी चिनियाँ परराष्ट्र प्रवक्ता कङ श्वाङले भ्रमणबारे औपचारिक पुष्टि गर्दै प्रधानमन्त्री ओलीले पाँच दिने भ्रमणका क्रममा राष्ट्रपति, प्रधानमन्त्रीसहित शीर्षस्थ चिनियाँ नेताहरूसँग भेटवार्ता गर्ने जानकारी दिए । चिनियाँ प्रधानमन्त्री लीको निमन्त्रणामा प्रधानमन्त्री ओलीले असार ५ देखि १० गतेसम्म उत्तरी छिमेकी चीनको औपचारिक भ्रमण गर्दैछन् ।

प्रवक्ता कङले चीनले प्रधानमन्त्री ओलीको बेइजिङ यात्रा बेल्ट एण्ड रोड इनिसियटिभ्सको मार्ग्चित्रभित्र नेपाल(चीनबीचको गहन सहयोग, बलियो राजनीतिक सम्बन्ध, आर्थिक तथा व्यापारिक, पूर्वाधार, विपदपछिको पुनःनिर्माण तथा मानवीय सहयोगका साथै द्विपक्षीय सम्बन्ध विकासको नयाँ उचाइ निर्माणमा उपयोगी हुने विश्वास लिएको बताए ।

चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले बेइजिङमा नेपाल–चीन व्यापारिक मञ्च तथा थिंक ट्यांकहरूसँग छलफल गर्ने तथा चीन–नेपाल केही सम्झौता र एमओयूमा हस्ताक्षर गर्ने कार्यक्रम छ । चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले नेपालसँग सीमा जोडिएको तिब्बत स्वशासित क्षेत्रको पनि भ्रमण गर्ने र त्यहाँका प्रान्तीय नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

Womui
Womui