एसइइ नतिजा असार पहिलो साता

130

छिनछिन खबर
काठमाडौ‌, जेठ ३१ । माध्यमिक तह परीक्षा एसइइको नतिजा असार पसिलो साता प्रकाशित हुने भएको छ । उत्तरपुस्तिका परीक्षणको काम सकिएकाले नतिजा एक हप्तामा प्रकाशित गर्ने तयारी भएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए ।


उत्तर पुस्तिकाको प्राप्ताङक प्रशोधनसम्बन्धी काम बाँकी छ । त्यो कामसकेर नतिजा प्रकाशन गरिने रेग्मीले बताए । यस वर्षको एसइइमा नियमिततर्फ चार लाख ६१ हजार र एक्जाम्टेडतर्फ २४ हजार परीक्षार्थी सहभागी भएका थिए ।
प्राविधिकतर्फका आठ हजार विद्यर्थीले एसइइ दिएका छन् ।

Womui
Womui