२०२६ को विश्वकप तीन देश मिलेर आयोजना गर्ने

29

छिनछिन खबर
काठमाडौं, जेठ ३० । सन् २०२६ को विश्वकप फूटबल प्रतियोगिता क्यनाडा, मेक्सिको र अमेरिकाले संयुक्त रुपमा आयोजना गर्ने भएका छन् । यसपटक विश्वकप हुँदै गरेको रसियामा बसेको विश्व फुटबल महासंघ (फिफा) को बैठकबाट तीन मुलुकले प्रतियोगिता आयोजना गर्ने टुंगो लागेको हो ।


मोरोक्कोले पनि प्रतियोगिता आयोजनाको दाबेदारी प्रस्तुत गरेको थियो । प्रतियोगितामा हुने ८० खेल मध्ये ६० खेल अमेरिकामा हुनेछ । १० खेल क्यानाडा र १० खेल मेक्सिकोले आयोजना गर्नेछन । पहिलोपटक तीन देशले संयुक्त रुपमा प्रतियोगिता आयोजना गर्न लागेका हुन् । सन् २००२ पछि विश्वकप प्रतियोगिता संयुक्त रुपमा आयोजना भएको छैन । सन् २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त रुपमा विश्वकप आयोजना गरेका थिए । विश्वकप फुटबल सन् २००६ मा जर्मनी, सन् २०१० मा दक्षिण अफ्रिका र सन् २०१४ मा ब्राजिलले आयोजना गरेका थिए ।

सन् २०२२ को विश्वकप फुटबल भने कतारले आयोजना गर्दैछ ।

Womui
Womui